May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

कोरोना प्रभावित देशमा जाने कामदारलाई श्रम स्वीकृति नदिने सरकारको तयारी

काठमाडौं । सरकारले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति नदिने तयारी गरेको छ । सोमबार सर्वोच्च अदालतले कोरोना संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई आदेश दिएको थियो ।नेपाली नागरिक वैदेशिक रोजगारमा जाने देशहरूमा कोरोनाको संक्रमण बढिरहेकोले योबारे छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बताएको छ। वैदेशिक रोजगार विभागले कोरिया जाने कामदारलाई यसअघि नै जान रोकेको थियो । ईपीएस कोरिया शाखाले त्यहाँ कोरोना ब्यापक रुपमा फैलिएपछि कामदारलाई कोरिया पठाउने तालिका सार्दै आएको छ ।कतार, कुवेत, साउदी अरब लगायत मुलुकहरू कोरोना प्रभावित मुलुक हुन्।

Advertisement