May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

कोरोनाबाट मर्ने को संख्या तीन हजार नाघ्यो

काठमाडाैं ।गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । चीनमा सबैभन्दा बढी दुई हजार ९१२ जनाको ज्यान गएको छ भने चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२ र डायमण्ड प्रिन्सेसमा ७ जनाको मृत्यु भएको छ भने फ्रान्स, अमेरिका र हङकङमा दुई/दुई जनाले ज्यान गुमाएका छन् । थाईल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो र फिलीपिन्समा १ / १ को मृत्यु भएको छ ।

Advertisement