अफ्रिकन मुलुक मौरिससले एक वर्षमा पाँच हजार नेपाली कामदार लैजाने

काठमाडौं। अफ्रिकन मुलुक मौरिससले एक वर्षमा पाँच हजार नेपाली कामदार लैजाने भएको छ। श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर यादवको फागुन १४ देखि १८ सम्म मौरिसस भ्रमणका क्रममा सो सम्झौता भएको हो।मौरिससले निर्माण, कृषि तथा अतिथि सत्कार (होटल व्यावसाय) मा नेपाली कामदार लैजान चासो देखाएको थियो। मौरिससका श्रममन्त्री सुदिस कालिचरणसँगको द्विपक्षीय वार्ताका क्रममा मौरिससले वर्षमा पाँच हजार नेपाली कामदार मौरिसस लैजाने सहमति भएको छ। श्रममन्त्री यादवको मौरिसस भ्रमणका क्रममा नेपाली कामदार प्रत्येक वर्षमा पाँच हजार नेपाली कामदार लैजाने सहमति भएको मन्त्री यादवले जानकारी दिए।

Advertisement