May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

भ्रमण वर्ष–२०२० स्थगित

काठमाडौं।चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो ।सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य राख्दै सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। तर चीनबाट सुरु भएको कोरोना भाइसरले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि सरकारले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको छ ।

Advertisement