May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

बङ्गलादेशमा हुने एशिया एघार र विश्व एघारबीचको खेलमा सन्दिप एशिया एघार बाट खेल्ने

काठमाडौं। बङ्गलादेशमा हुने एशिया एघार र विश्व एघारबीचको स्पर्धाका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने चयन भएका छन् । बङ्गलादेशले आयोजना गर्न गैरहेको उक्त प्रतियोगितामा एशिया र विश्व एघारबीच तीन म्याचको टी ट्वान्टी श्रृखंला खेलाइनेछ । एशिया एघारबाट भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली, करण लोकेश राहुल, ऋषभ पन्त, कुलदीप यादब र मोहम्मद सामी रहेका छन भने विश्व एघारबाट एलेक्स हल्स, क्रिस गेल, फाफ डु प्लेसिस, निकोलास पूरन, ब्राण्डन टैलर, जोनी बैरिस्ट, क्यारन पोलार्ड, अदिल राशिद, शेल्डन कट्रेल, लुङ्गी एनगिदी, एन्ड्रय टाय र मिसेल म्याकक्लघंम जस्ता धुरन्धर खेलाडी हरु रेहेका छन भने सन्दिप एशिया एघारबाट खेल्ने छन।

Advertisement