पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का लाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर चयन गरेको छ । मंगलबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले सम्भौता पत्रमा हस्ताक्षर गरेका हुन। उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र अलराउन्डर क्रिकेटरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका थिए। भने नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको भन्दै यो सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन ।

Advertisement