May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

भारतमा हिंसा भड्कियो,एक प्रहरीसहित ५ जनाको मृत्यु

काठमाडौँ । भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसाका क्रममा परी एक प्रहरीसहित ५ जनाको ज्यान गएको छ।दिल्लीमा लगातार दोस्रो दिन नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच ढुंगा हानाहान भएको थियो। सरकार समर्थकहरू ‘जय श्रीराम’ को नारा लगाउँदै कानुनको समर्थनमा ओर्लिएपछि दुई पक्षबीच झडप भएको हो। वरिपरिका पसल, घर र सवारी साधनमा आगो लगाइएको छ। प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्यास र लाठी प्रहार गरेको थियो।उक्त हिंसामा परी १०० जनाभन्दा धेरै मानिसहरु घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।भारतमा विवादास्पद नागरिकता विधेयकको विरोध प्रदर्शन आज पनि बिहानैबाट सुरु भएको छ ।दिल्ली सरकारले पूर्वी दिल्लीका १० ठाउँमा कर्फ्यु लगाएको छ भने दिल्लीका स्कुल, कलेज र रेल स्टेशनहरु बन्द छन्।

Advertisement