May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

विश्वभर कोरोनाको संक्रमण बढ्यो,संक्रमितको संख्या ७७ हजार नाघ्यो

एजेन्सी– चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर २६९८ पुगेको छ। विश्वभर संक्रमितको संख्या ८० हजार नाघेको छ। चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ । मंगलबार बिहानसम्म चीन बाहिर दक्षिण कोरियामा ८, इरानमा ५, इटलीमा ४, जापानमा ४, हङकङ्मा १, फिलिपिन्समा १ जनाको ज्यान गएको छ।चीनपछि सबैभन्दा बढी प्रभावित दक्षिण कोरिया भएको छ। कोरियामा ८९० जनामा कोरोनाको संक्रमण देखिएको छ। संक्रमण तीव्र रुपमा फैलिएको कोरियामा मृत्यु हुनेको संख्या ७ पुगेको छ।

विश्वका २६ देशमा १६ सय भन्दा धेरै मानिसमा कोरोना भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। यस्तै चीनमा कोरोना भाइरसको संक्रमणबाट मंगलबार बिहानसम्म २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ।उक्त भाइरसबाट सोमबार ५ सय ८ जना नयाँ संक्रमित थपिएसँगै चीनमा संक्रमितको संख्या ७७ हजार ६ सय ५८ पुगेको छ । सोमबार मात्रै चीनमा ७१ जनाले ज्यान गुमाएका छन् ।यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् १९४९ मा जनगणतन्त्र स्थापना भएयता रोकथाम र नियन्त्रणका लागि सबैभन्दा कठिन समय भएको बताएका छन्। उनले कोरोनाका कारण देशको अर्थतन्त्रमा ठूलो असर परेको बताएका छन्।

Advertisement