May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिए

क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । दुई वर्ष पहिले निर्वाचनमा विजयी भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि उनी राजीनामा गर्न बाध्य भएका हुन् ।चार दशकदेखि मलेसियाली राजनीतिको केन्द्रमा रहेका ९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री थिए । २०१८ मा नजीब रज्जाहलाई हराएर फेरि सत्तामा आए ।उनले नेतृत्व गरेको सरकारमाथि प्रश्न उठ्न थालेपछि उनले राजीनामा बुझाएका हुन्। नयाँ सरकार गठनका लागि मार्ग प्रस्थत गर्न भन्दै उनले राजीनामा पत्र बुझाएका हुन्।सोमबार प्रधानमन्त्री महाथिरले राजासमक्ष राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ।

Advertisement