बालुवाटारमा ओली-प्रचण्डको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ । दुई अध्यक्षहरु मात्र सहभागी सो छलफलमा पार्टीभित्र देखिएका अन्तरसंघर्षका आयामहरुबारे चर्चा–परिचर्चा हुने बालुवाटार स्रोतले जनाएको छ। ‘खासगरी प्रधानमन्त्री ओलीलाई दलभित्रबाटै असहयोग बढ्दै गइरहेपछि दुई अध्यक्षले वन टू वन वार्ता चाहनुभएको हो। प्रधानमन्त्री ओली निकट एक नेताले भने, ‘यस्तै विरोधभाषबाट बाहिर निस्कन पनि यस्तो छलफल अगाडि बढाइएको जस्तो लाग्छ।’ दुईबीच संविधान संशोधनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएपछि यसबारे चर्चा परिचर्चा भइरहेको छ ।महरा प्रकरण, गोकुल बाँस्कोटा प्रकरण यीलगायतका अन्य विविध समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।

Advertisement