May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

साढे १६ लाख परिवारको निःशुल्क स्वास्थ बीमा हुने

काठमाडौं – सरकाले चरम गरिबीको रेखामुनी रहेका साढे १६ लाख घर परिवारको निःशुल्क स्वास्थ बीमा गरिदिने भएको छ।आइतबार राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सब समारोहमा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।खतिवडाले चरम गरिबीको रेखामुनी रहेका १६ लाख घरपरिवाको स्वास्थ्य बीमाको लागि सरकारले नै प्रिमियम तिरिदिने बताए। उनले भने ‘अहिले ३५ सय तिरेपछि लाख रुपैयाँसम्म कभर हुनेगरी परिवारको बीमा हुन्छ ’गरिबीको रेखामुनि रहेका १६ लाखले त्यो तिर्नु परेन, सरकारले नै तिरिदिनेछ ।यो कार्यक्रमले एकै पटकमा साढे १६ लाख परिवारका ७०/७५ लाख नेपाली स्वास्थ्य बीमाको दायरामा आउने अर्थमन्त्री खतिवडाले जानकारी दिए। उक्त बीमा बापत प्रत्येक परिवारले वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न सक्ने छन्। यस आधारमा ति बीमितिको एक खर्ब ६५ अर्ब बराबरको स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न सक्ने छन्

Advertisement