भ्रष्टाचार अन्त्य र सुशासनका लागि नजिक-टाढाका कसैलाई छोड्दिनँ :प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगर्ने बताएका छन।बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीद्वारा लिखित पुस्तक ‘आर्थिक सम्मृद्धि’ लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन साथै उनले भने सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ,’सुशासनका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिएकोसमेत उनले बताए। केही दिनअघिमात्र उनले प्रतिभावान् भन्दै तारिफ गरेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्विस कम्पनी एजेन्टसँग कमिसन मागेको भन्दै अडिओ टेप सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।

Advertisement