May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

सञ्चारमन्त्री बास्कोटाको अडियो सार्वजनिक भएलगत्तै ओली-प्रचण्डबीच ,बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । दुई नेतावीचको भेटवार्ताबारे दुवैको सचिवालयले केही नखुलाएपनि सञ्चारमन्त्री बाँस्कोटाको भिडियो प्रकरणबारे छलफल भएको बुझिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भयपछी लगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो । स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा ओली र प्रचण्डवीच कुराकानी भएको छ ।

Advertisement