May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

बमकाण्डका दोषी गोले प्रजातन्त्र दिवसमा छुटे

काठमाडौं। ८ वर्षअघि बबरमहलमा २ जनाको मृत्यु भयको उक्त बम विष्फोटका दोषी बुद्धिबहादुर गोले रिहा भएका छन्।यो वर्ष गोलेसहित ३ सय २९ जना छुटेका छन् ।प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोले सहित ३ सय २९ जना कैदीको कैद सजाय मिनाहा गरेकी हुन्।२०६८ साल फागुन १५ गते बबरमहलमा भएको बम विस्फोट मा परी धादिङ बैरेनीका २२ वर्षीय कृष्णबहादुर तामाङ र ७० वर्षीय वीरबहादुर लामाको घटनास्थलमै मृत्यु भएको थियो। सात जना घाइते भएका थिए।उनलाई सर्वोच्च अदालतले २०७३ साल जेठ ३२ गते १५ वर्षको जेल सजाय सुनाएको थियो।मकवानपुर पदपोखरी पानतलेका गोले संयुक्त जातीय मोर्चाका नेता हुन।

Advertisement