८२ वर्षकी बलिउड अभिनेत्री किशोरी बलालको निधन

मुम्बई । फिल्म ‘स्वदेश’मा कावेरी आमाको भूमिका निर्बाहा गरी उक्त भूमिकाबाटै चर्चित भएकी बलिउड अभिनेत्री किशोरी बलालको मंगलबार राती निधन भएको भारतीय मिडियाले जनाएका छन् । ८२ वर्षकी बलाल बुढ्यौली उमेरका कारणले लाग्ने बिभिन्न रोगबाट पीडित थिइन् । बलालले १९६० मा कन्नड फिल्म ‘एवालेन्था हेन्डाथी’ बाट फिल्म अभिनयमा प्रवेश गरेकी बलालले ‘काही’, ‘हानी हानी’,‘ सूर्य कान्ति’ जस्ता चर्चित फिल्ममा समेत काम गरेकी थिइन् ।उनको भारतको बेंगलुरुस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७५ बढी फिल्म अभिनय गरेकी गरेको बलाल को निधन प्रति दुःख व्यक्त गर्दै फिल्म ‘स्वदेश’ का निर्देशक आशुतोष गोवारिकले मन निकै दुःखी बनायको बताउदै उनले ट्विटमार्फत हार्दिक श्रद्धाञ्जली समेत ब्यक्त गरेका छन् ।

Advertisement