May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरूद्वारा भत्सर्ना

फागुन, ७ ।  अंग्रेजी पत्रिका ‘द काठमाडौं पोष्ट’मा प्रकाशित एउटा लेखलाई आधार बनाएर नेपालस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताउदै सम्पादकहरूले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन । चिनियाँ दूतावासको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सम्पादकहरुको वक्तव्यमा भनिएको छ, ‘कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ र त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौ भनी उनिहरुले विज्ञप्ति मार्फत बतायका छन।

कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका’द काठमाडौं पोस्टले मंगलबार आफ्नो विचार पृष्ठमा सिकागो ट्रिब्युन र द कोरियन हेराल्डमा प्रकाशित इभो डाल्डरको चीनसम्बन्धी लेख ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एसिया न्युज नेटवर्कको आर्टिकल छापेको थियो ।नाटोका लागि अमेरिकाका पूर्व राजदूत रहेका इभो ड्याल्डरको उक्त लेखमा चिनियाँ युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाइएको छ।सोही लेखलाई लिएर चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।दूतावासको भनाइ अनुसार काठमान्डु पोष्टका सम्पादक अनुप काफ्ले ले पहिलादेखि नै चीनसम्बन्धी एकपक्षीय समाचार दिइरहेको र यसपालि हद नाघेको बताईयको थियो।

Advertisement