May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

प्रदेशको भूबनोट सधैं यही रहिरहन्छ भन्ने ग्यारेन्टी छैन , जनताको चाहनाअनुसार परिवर्तन पनि हुनसक्छ: अध्यक्ष प्रचण्ड

७ फागुन, काठमाडौं (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल नै बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा लैजाने योजना बारे कही कतै छलफल नभएको बताएका छन् ।कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सुर्खेत आएका प्रचण्डले प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा प्रसंगवस बताएको स्पष्ट पारे। उनले प्रदेशको भू–बनोट सधैं एकै रहने ग्यारेन्टी नभएको र जनताको चाहना अनुसार परिवर्तन हुन सक्ने बतायका छन। प्रदेश ३ को नाम र स्थायी राजधानी तोक्ने क्रममा प्रचण्डले बाँके र बदियालाई कर्णालीमा, बारा, पर्सा, रौतहटलाई बागमतीमा तथा रामेछाप, दोलखा र सिन्धुलीलाई प्रदेश २ मा गाभ्न सकिने बताएको नेकपाका नेताहरुले बताएका थिए साथै उनले छिट्टै सुर्खेत विमानस्थल विस्तार गर्ने कार्य शुरु गरिने र कर्णालीको विकासका लागि विशेष प्याकेज आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

Advertisement