चीनको वुहानबाट उद्दार गरिएका सबै नेपाली स्वस्थ,

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनको वुहानबाट उद्दार गरियका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ ।वुहानबाट उद्धार गरी ल्याएका सबैको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नरहेको बताईयको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार अहिलेसम्म नेपालमा २१० जनाको कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । उनीहरु मध्ये एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो तर उनी पनि अहिले स्वस्थ भइसकेका छन् ।क्वारेन्टाइनमा रहेका सबैको थ्रोट स्वाब (घाँटीको र्‍याल) परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभेटिएको हो। उनीहरुकाे नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

Advertisement