May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो ,

काठमाडौँ । मंगलबार मात्रै चीनमा कोरोना भाईरसका कारण १३६ जनाको ज्यान गय सगै चीनमा बुधबार बिहानसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।यो सँगै चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार १२ पुगेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।चीन बाहिर हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एक/एक जनाको मृत्यु भएको हो चीनको वुहानबाट फैलिएको यो भाइरसबाट १६ हजार ७३१ जना गम्भीर संक्रमणमा परेका थिए ।सबै देशमा गरेर अहिलेसम्म ७५ हजार २१६ मा कोरोनाको संकेत देखा परेको छ । जसमध्ये करिब १५ हजार निको भइसकेका छन् ।यस्तै चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपालीलाई १५ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ। दुई दिनको स्वास्थ्य परिक्षणमा उनीहरुको कोरोना भाइरसको कुनै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement