May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

अमेरिकन आइडलमा नेपाली युवा,(भिडियोसहित)

काठमाडौं। विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली ठिटो दिवेश पोखरेल अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका छन् । स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताएका छन् । उक्त भिडियोमा उनले नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाएका छन् । उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै मानिस निकै मिलनसार हुनुहुन्छ । हो, यो निकै उत्कृष्ट स्थल हो ।’आफू निकै सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएको उनले बताएका छन् । पहिलो गितार आफ्नी आमामार्फत् पाएको र गितार हातमा आएदेखि नै रेडियो, टिभीमा बजेका गीतहरु बजाउन थालेको उनले जानकारी दिए ।

नेपालमा प्लस टु पास गरेपछि आफू अमेरिका हानिएको पनि उनले बताए । अमेरिकालाई उनले अवसरहरुको महान् भूमि बताएका छन् । अमेरिकामा पुगेपछि उनले आफूले कहिले पनि नसुनेको गीतहरु सुनेको र आफू यसैमा चुम्बक झैं आकर्षित भएको उनले बताए ।लिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । उनको प्रस्तुतिको बारेमा एसो भन्छन जज हरु।

Advertisement