May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

मेलम्चीको पानी असारमा काठमाडौंका धाराहरुमा खस्ने

काठमाडौं- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गरी सरकारले चालू आवको नीति तथा कार्यक्रममा असार मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको छ। गत दशैंमा पानी काठमाडौं आइपुग्ने भन्दै प्रधानमन्त्री ओलीदेखि खानेपानी मन्त्री बीना मगरले सम्म ठोकुवा गरे । तर तोकिएको मिति अगावै इटलियन ठेकेदार कम्पनी सीएमसीले काम नै छाड्यो ।११ महिना अलपत्र परेको आयोजनाको काम गत कात्तिकबाट सुरू भएको थियो।आयोजनामा २८ अर्ब १३ करोड खर्च भइसकेको छ भने आयोजनाको कुल लागत ३१ अर्ब ३६ करोड रुपैयाँ अनुमान रहेको छ। सीएमसीले काम छाडेपछि सरकारले अहिले चिनियाँ कम्पनी सीनो हाइड्रोलाई बाँकी काम गर्न जिम्मा दिएको छ ।सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा बिहीबार मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बीना मगर ले माघ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत भइसक्यो , अब आउने असारमा काठमाडौंका धाराहरुमा मेलम्चीको पानी खस्ने पक्का भयको उनले दाबि गरिन ।

Advertisement