May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

कोरोना भाईरस :एकैदिन २४२ को मृत्यु, संक्रमित ६० हजार

एजेन्सी– कोरोना भाइरसका कारण चीनको हुबेइमा बुधबार एकैदिन २४२ जनाको मृत्यु भएको जनाईयको छ। एकैदिन यतिधेरै संक्रमितको मृत्यु भएको यो पहिलोपटक हो। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३५० पुगेको छ।यसैगरी १४ हजार ८ सय ४० जना नयाँ संक्रमित देखिएका छन्। हुबेइको स्वास्थ्य निकायले बृहत तरिकाले संक्रमित पहिचान गरेसँगै संक्रमितको संख्या पनि उच्च तरिकाले बढेको हो। योसँगै संक्रमितको संख्या ६० हजार पुगेको छ।

Advertisement