May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु

काठमाडौं ।कुवेतको अरबटाइम्स अनलाइनले जनाएनुसार कुवेतको एक निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् ।त्यक्षदर्शीका अनुसार चिनियाँ कम्पनीका कार्यरत कामदारहरु भवन निर्माणस्थलको खाल्डोमा बसेर काम गरिरहेका बेला माथिबाट बालुवाको ढिस्को खसेर पुरेको थियो। तत्काल ७ जनालाई उद्दार गरिएकामा ४ जनाको घटनास्थलमै मृत्यु भइसकेको जनाइएको छ। घाइतेहरुको स्थानीय जहरा अस्पतालमा उपचार भरहेको छ। लगत्तै सार्वजनिक निर्माण मन्त्री डा राना अल फारिसले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न आदेश दिएकी छन्।

Advertisement