May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

चीनबाट ल्याउन लागिएका नेपाली हरुले मान्नुपर्ने शर्तनामा

काठमाडौं । चीनबाट नेपाल ल्याइने नेपालीहरुले ६ बुँदे सर्त पालना गनुपर्ने भन्दै बेइजिङस्थित नेपाली दूतावासले दूतावासले क्वारेन्टाइनमा रहँदा र नेपाल लैजाने क्रममा नागरिकले पालना गर्नुपर्ने विषय लेखिएको शर्तनामा भर्न लगाएको हो। उक्त सर्तनामा भरे मात्रै उनीहरु स्वदेश फिर्ता हुन पाउने भएका हुन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वदेश ल्याइने नागरिकले क्वारेन्टाइनमा बस्दा ६ बुँदे शर्त पालना गर्नुपर्ने प्रावधान राखिएको हो ।

यस्तो छ सर्तनामा

१. इभ्याक्युसनपश्चात तपाईंहरुलाई नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाइन एरियामा १४ देखि १७ दिन वा सोभन्दा बढी राखिनेछ।
२. क्वारेन्टाइनमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, इन्फेक्सन रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ।
३. क्वारेन्टाइनमा रहँदा आफ्न्तहरुसँग भेटघाट गर्न दिइने छैन।
४. क्वारेन्टाइनमा लगभग ६० कोठाहरुमा उचित दुरीको फरकमा सामूहिक बसोबासको साथै लगभग ६ जनाले १ शौचालय प्रयोग गर्ने गरी व्यवस्था गरिएको छ।
५. क्वारेन्टाइनमा रहँदा तपाईंहरुको सहजता र आरामलाई सकेसम्म व्यवस्थित र हेण्ड हाईजिन, रेस्पिरेटरी हाइजिनलाई बढी असरदार बनाउने प्रयत्न गरिएको छ।
६. क्वारेन्टाइनमा रहँदा तपाईंहरुलाई त्यहाँ दिइएको रहेक नियम (रुम रुल्स, रेस्ट रुम रुल्स, फुड रुल्सहरु पालना गर्नुपर्ने छ।

Advertisement