May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

नोवल कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई नेपालको साथ , काठमाडौंमा ‘हामी साथमा छौं’ कार्यक्रम आयोजना

काठमाडौं । नोवल कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन बुधबार काठमाडौंमा ‘हामी साथमा छौं’ कार्यक्रम आयोजना गरिएको छ । ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको उक्तसांगीतिक र साहित्यिक कार्यक्रममा नेपाल र चीनको झण्डा बनाई मैनबत्ती बालेर ‘हामी साथमा छौं’ भन्ने सन्देश दिइएको थियो उक्त कार्यक्रममा चिनियाँ राजदूत होउ यान छिले चीनले ब्यहोरिरहेको विपत्तिप्रति नेपालले देखाएको सद्भावको सराहना गर्दै उनले चीन सरकारले कोरोना भाइरसको नियन्त्रण गर्न महत्वपूर्ण कदम चालेकोले महामारीलाई रोकथाम गर्न सफल हुने बताइन् ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फैलिएको नोबल कोरोना भाइसर नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताइन् । उनले यो सन्देशलाई विश्व समुदायमाझ फैलाउन लाग्ने प्रतिवद्धता समेत जनाए ।नेपाल छिमेकी मात्र नभएर असल छिमेकी भएको र चीनले कोरोना भाइरसमाथि जित हासिल गर्ने छ विश्वास नेपालले गरेको र नेपाल सँधै चीनको साथमा छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो ।

Advertisement