आईजीपीको टुंगो लागेन

काठमाडौँ — मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेन । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपी छनोट गर्न नसकेको हो ।

Advertisement

एक मन्त्रीका अनुसार आईजीपी नियुक्तिका लागि मंगलबार फेरि मन्त्रिपरिषद बैठक बस्ने भएको छ। मंगलबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको स्रोतले जानकारी दियो ।

ती मन्त्रीका अनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सामान्य छलफल भएको थियो।

नयाँ आइजिपीका लागि तीन डीआईजीले दाबेदारी प्रस्तुत गरिरहेका छन्। जसमा प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्याय रहेका छन्।

महानिरीक्षक सर्वेन्द्रनाथ खनालले म‌ंगलबार अनिवार्य अवकाश पाएसँगै नेपाल प्रहरीको नयाँ नेतृत्व को होला भन्ने चासोको विषय बनेको छ ।