May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

अभियन्ता ज्ञानेन्द्र शाहीले नागरिक आन्दोलनको घोषणा गर्दै भने– एमसीसी आए देश नै रहन्न


काठमाडौं, २३ माघ । भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए मुलुक नै नरहेन भन्दै त्यसविरुद्व नागरिक आन्दोलनको घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एमसीसीविरुद्व नागरिक आन्दोलनको घोषणा गरेका हुन् ।
एमसीसी पारित भए मुलुक नै रहँदैन, शाहीले भने, ‘राष्ट्रघाती एमसीसीविरुद्ध नागरिक आन्दोलन शुरु भयो ।’ माघ २५ गते शनिबार बिहान ११:३० बजे माइतीघर मण्डलामा आन्दोलनमा सहभागी हुन आग्रह समेत गरे । सम्पूर्ण नेपाली नागरिक सडकमा उत्रिएमा एमसीसी पारित नहुने बताए ।
देश बचाउनका लागि पनि एमसीसी पारित हुन दिन नहुने बताए । प्रजातन्त्रवादी र गणतन्त्रवादीहरुलाई एकजुट भएर आन्दोलनमा सहभागी हुन आग्रह गरे । विगतमा राजाहरुले विदेशी शक्तिलाई नेपालमा हस्तक्षेप गर्न रोकेको भन्दै अहिलेका नेताहरुले आर्थिक प्रलोभनमा परेर हस्तक्षेप निम्त्याएको आरोप लगाए । शाहीले भने, ‘अहिलेका भ्रष्ट नेताहरुले केही पैसाको लोभमा एमसीसी पारित गराउन खोजेका छन् ।’ उनले प्रधानमन्त्री समेत रहेका सत्तारुढ दलका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पोडेल समेत एमसीसीलाई परित गर्न सक्रिय रहेको बताए ।
एमसीसीको रकम गलत नभएपनि त्योसँगै आउने नीति नियम र केही बुँदाहरु परिमार्जन गर्न जरुरी रहेको बताए । एमसीसी परित भए सम्पूर्ण नेपाली असुरक्षीत हुने उनको तर्क थियो । एमसीसी लागू गर्न खोजिए मुलुक मध्यपूर्व जस्तै ध्वस्त हुने भन्दै यसबाट सचेत हुन आग्रह समेत गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी समेतलाई आन्दोलनमा सहभागी हुन आग्रह गर । प्रधानमन्त्री, सांसद र जनप्रतिनीधीहरुको कार्यकालमा खर्च हुने रकमको १० प्रतिशत मात्र जोगाए यसले एमसीसीको रकम भन्दा ठूलो रकम स्वतः हुने बताए । एनसेलले तिर्न पर्ने सम्पूर्ण कर उठाए रकम आउने उनको भनाई थियो ।
एमसीसीको नीति प्रत्येक देशका लागि छुट्टाछुट्टै रहेका समेत बताए । श्रीलंकामा एमसीसीको कानुन राष्ट्रिय कानुन भन्दा माथि नरहेको बताए । तर नेपालमा लागू हुने एमसीसीको कानुन राष्ट्रिय कानुन भन्दा माथि रहेको जसले कुने पनि खतरा आएमा एमसीसीले आफ्नो सुरक्षा आफै गर्ने प्रावधान रहेको बताए । एमसीसी अमेरिकन गैर सरकारी संस्था नभई सरकारी संस्था रहेका उनको भनाई थियो । उनले भने, ‘एमसीसीमा अमेरिकाले आफ्नो सुरक्षाका लागि आफ्नै सेना समेत ल्याउन सक्ने व्यवस्था रहेको छ ।’ अमेरिकाले आफै तहल्का मचाएर असुरक्षा भयो भन्दै आफ्नो सेना ल्याउने निती बनाएको बताए । एमसीसी इन्डो प्यासिफीकको रणनिती रहेका स्पष्ट पारे । २५ गते नेपाल र अमेरिकाबीच हुने एकदिवसीय खेलमा सहभागी हुने दर्शकलाई एमसीसीको विरुद्वमा बोर्डमा लेखेर लैजान आग्रह गरे ।
यसैगरी ललिता निवास जग्गा प्रकरणका मुख्य दाषीलाई उम्क्याइएको समेत बताए । शाहीले भने, ‘सम्पूर्णं चोरहरुलाई खोरमा जाक्न अख्तियारलाई आग्रह गरे ।’

Advertisement