दुई इन्जिनियरले लिए घुस, अख्तियारले चलायो मुद्दा

माघ २१, काठमाडौं । सडक डिभिजन कार्यालय लहान सिरहाका इन्जिनियर र सबइन्जिनियरविरुद्ध लाखौँ घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

Advertisement

इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर वीरेन्द्रकुमार साहमाथि आयोगले १५ लाख ९६ हजार बिगो माग्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजनाको अन्तिम बिल भुक्तानी लिने क्रममा बहानाबाजी गरेर दुई इन्जिनियरले घुस लिएका थिए।

सोसँगै दुवैलाई आयोगको कार्यालय बर्दिबासको टोलीले नियन्त्रणमा लिएको थियो। अख्तियारले अनुसन्धानपछि घुस रकमबराबरकै बिगो माग्दै आरोपपत्र दायर गरेको जनाएको छ। यसैबीच, साही कार्यालयका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साहविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई ३ लाख घुस लिएका थिए। उनी पनि घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका हुन् ।