३ दिनभित्र, वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गरिने

१८ माघ, काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने भएको छ ।बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारले तयारी गरेको छ ।कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय ७० नेपालीले आवेदन दिएका छन्। कोरोना भाइरसबाट सबैभन्दा प्रभावित वुहानमा एक सयभन्दा बढी नेपाली भएको बताइएको छ ।

बेइजिङस्थित नेपाली दूतावासले शनिबार सूचना निकालेर हुबेईका नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकाले तत्कालै फाराम भर्न आग्रह गरेको थियो। यसका लागि दूताबासको फारम भरेर दूतबासमा इमेल गर्न समेत आग्रह गरिएको छ । यस्तो फारम २ फेब्रअरी ९ को ९ बजेसम्म दूताबासलाई [email protected] मा इमेल गरिसक्नुपर्नेछ बताईयको छ। कोरोना भाइरसको  संक्रमणले महामारीको रुप लिएपछि हुबेई प्रान्तस्थित वुहान र अन्य क्षेत्रमा रहेका नेपालीको सहायताका लागि चीनस्थित नेपाली दूतावासले विशेष सेल स्थापना गरेको थियो।

Advertisement