तालामाराङ बजारमा आगलागी, २० लाखको क्षति

मेलम्ची । मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए । आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ

Advertisement