नेकपा का अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुख उम्मेदवार

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।नेकपाको आजको निर्णयसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । आइतबार बिहान पार्टी अध्यक्षयद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिका आधारमा सचिवालय बैठकले सापकोटालाई सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

Advertisement