राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु भएको छ ।

Advertisement

सो गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोनाविरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन सुरु गरिएको सो गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकरी दिनुभयो । गाउँपालिका–६ र ७ मा करिब एक हजार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको कापरीको भनाइ रहेको छ ।

यसअघि राक्सिराङ गाउँपालिकाको ६ र ७ बाहेक सबै वडामा शिविर राखेर खोप अभियान सुरु गरिएको थियो, जस अन्तर्गत चार हजार भन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ । कोरोना महामारीबाट जोगिनका लागि टोल–टोलमा खोप अभियान सुरु गर्दा खोप अभियान सफल हुने र कारोना महामारीबाट बच्ने राज्यमन्त्री चेपाङको भनाइ रहेको छ । सोमबारदेखि सुरु भएको सो अभियान तीन दिनसम्म चल्ने छ । सो अभियानवाट सोमबार २५४ जनाले खोप लगाएको बताइएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको खोप केन्द्र धेरै टाढा भएकोले टोल–टोलमा पुगेर खोप अभियान सुरु गरिएको र यो अभियान सफल हँुदै गएको बताउनुभयो । त्यहाँ चेपाङ र मगर समुदायको बस्ती रहेको छ ।

कोरोना महामारीको दोस्रोचरणको जोखिम भत्ता मकवानपुरको हेटाँैडा उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले अहिलेसम्म नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारले कोरोना सङ्क्रमण नियन्त्रणमा खटेका स्वास्थ्यकर्मीलाई सम्बन्धित स्थानीय तहलाई भत्ता दिन निर्देशन दिएको थियो । जसअनुसार समयमा भत्ता दिनुपर्ने भए पनि सो उपमहानगरपालिकाले उपलव्ध नगराएको स्वास्थ्यकर्मीको गुनासो रहेको छ ।

उता मकवानपुरको एक नगरपालिकासहित आठ वटा गाउँपालिकाले प्रथम र दोस्रा ेचरणको जोखिम भत्ता उपलब्ध गराए पनि हेटौँडा उपमहानगरपालिकाले दोस्रो चरणको भत्ता दिएको छैन । हेटौँडा उपमहानगरपालिकामा १०१ जना स्वास्थ्यकर्मी रहेकोमा दोस्रोचरणको ३० जना स्वास्थ्यकर्मीले भत्ता पाउनुपर्ने रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले भन्नुभयो ।

उहाँले स्वास्थ्यकर्मीबाहेक अन्य कर्मचारीले भत्ता माग गरेकाले अहिले वितरणमा समस्या भएको बताउनुभयो । प्रथमचरणको महामारीमा खटने सबैलाई ५० प्रतिशतका दरले भत्ता दिइएको थियो । दोस्रोचरणमा आइसोलेशन र कारोना उपचारमा प्रत्यक्ष खट्ने ३० जना रहेपनि भत्ता दिने प्रक्रिया अहिलेसम्म नबढेको चौलागार्इंको भनाइ रहेको छ ।
जिल्लामा हेटाँैडा उपमहानगरपालिकाबाहेक भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका, मनहरि गाउँपालिका, थाहा नगरपालिका वकैया गाउँपालिका, बागमती गाउँपालिका र राक्सिरागङ गाउँपालिकाले प्रथम र दोस्रोचरणका जोखिम भत्ता वितरण गरिसकेको बताइएको छ । हेटाँैडा उपमहानगरपालिकाले ढिलोगरी प्रथमचरणको जोखिम भत्ता एक वर्षपछि उपलव्ध गराएको थियो ।