लकडाउनका कारण तरकारीको मूल्य तीन गुणाले घट्यो

वैशाख १२ । कोरोना संक्रमण रोकथामका लागि विगत ३२ दिन देखिको लकडाउन यथावत छ । यसको कारण काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा भन्दा बढीले घटेको छ । लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको देखिन्छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याकंअनुसार लकडाउनअघि १० चैतमा प्रतिकेजी सानो गोलभेंडाको थोक मूल्य औसतमा ५८ रुपैयाँ थियो भने ११ वैशाखमा सो गोलभेंडाको मूल्य घटेर प्रतिकेजी थोक औसत मूल्य १८ रुपैयाँ पुगेको छ । यसै गरी अन्य तरकारीको औसत मुल्यमा पनि भारी कमी आएको तथ्याकंले देखाएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Advertisement