अमेरिकामा तेलको मूल्यमा भारी गिरावट, तर नेपालमा असर नपर्ने

वैशाख ११ । हालैको समयमा अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने नेपाल आयल निगमले जनाएको छ । मूल्यमा गिरावट आउनुको प्रमुख कारण लकडाउन नै हो भनिएको छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा खाडी देशहरूबाट पेट्रोलियम पदार्थ आउने हो । इन्डियन आयल कर्पोरेसनले खाडी राष्ट्रको बजारबाट ८५ प्रतिशत कच्चा तेल लिएर भारतमा तयारी तेल बनाउँछ त्यसैले अमेरिकामा आएको गिरावटले यहाँ असर गर्दैन । अमेरिकाको तेलको क्वालिटी पनि फरक हो । हामीकहाँ गल्फबाट आउने हो तेल । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्यमा हुने उतारचढावबारे नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको स्वचालित मूल्य कार्यान्वयनबाटै निर्धारण हुन्छ तर अमेरिकातिरको मूल्यले असर गर्दैन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Advertisement