आज सबै बैंकहरु खुला रहने

काठमाडौं, चैत, ३० । आज तेस्रो त्रैमासिकको अन्तिम दिन भएका कारण बैंकहरुले सबै शाखा कार्यालयहरु खुला राखेका हुन् । लकडाउनका बेला बैंकहरुले सेवा सुचारु नै राखे पनि सबै शाखा कार्यालयहरु भने खुला राखेका थिएनन् । कहिले कुन शाखाबाट त कहिले कुन शाखाबाट सेवा दिइरहेका बैंकहरुले आइतबार भने सबै शाखा कार्यालयहरु खुला राखेर काम गरेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । आइतबार २०७६ सालको अन्तिम दिन समेत हो । तेस्रो त्रैमासीकका क्लोजिङका कामहरु गर्नै पर्ने भएका कारण बैंकहरुले सबै शाखा खोलेको कार्यकारी निर्देशक शर्माले जानकारी दिए ।
कोरोना भाइरसका कारण अप्ठेरोमा परेको भन्दै चैतमा तिर्नु पर्ने ऋण असारमा तिरे हुने गरी नेपाल राष्ट्र बैंकले सहुलियत प्याकेज ल्याएको छ । चैतमै तिरेको अवस्थामा भने ऋणिले ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । यसैले आफ्नो ब्याजमा १० प्रतिशत छुट लिनका लागि समेत आज अन्तिम दिन भएको जनाइएको छ ।

Advertisement