May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

श्रीलंकाद्वारा मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी ]अस्वीकार,

काठमाडौं। अमेरिकाको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी ]मा श्रीलंकाले हस्ताक्षर नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदका प्रवक्ता केहेलिया राम्बुकेवेलाले बिहीबार एमसीसी हस्ताक्षर नगर्ने निर्णय भएको जानकारी दिएको श्रीलंकाली मिडिया न्यूजफर्स्टले लेखेको छ ।श्रीलंकाले पनि एमसीसीको बारेमा अध्ययन गर्न विज्ञहरुको एक कार्यदल गठन गरेको थियो । यही कार्यदलको फिारिसका आधारमा एमसीसी हस्ताक्षर नगर्ने निर्णय भएको हो । मन्त्रिपरिषदका प्रवक्ता राम्बुकेवेलाले एमसिसी श्रीलंकाको संविधान अनुकूल नभएको देखिएकोले आफ्नो देशको सुरक्षा चासोलाई समेत मध्यनजर गर्दै हस्ताक्षर नगर्ने निर्णय गरिएको हो ।

Advertisement