अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।

त्रिवि कार्यकारी परिषद्ले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले जानकारी दिए।

Advertisement