चीनमै क्वारेन्टाइनमा बस्न मन्जुर भएको प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराइएको

आइतबार १७५ जना नेपाली कोरोना संक्रमणको केन्द्र मानिएको चीनको हुबेइ प्रान्तका विभिन्न सहरहरुबाट उद्धार भएर नेपाल आइपुगे । उनीहरुलाई स्वदेश फर्काउनका लागि बेइजिङस्थित नेपाली दूतावासले सम्पूर्ण व्यवस्था मिलाएको थियो ।

Advertisement

उद्धार व्यवस्थापनको जिम्मा लिएको दूतावासले १७५ जना नेपालीलाई सरकारले निश्चित गरेको समावधीभर क्वारेन्टाइनमा बस्न मन्जुर भएको प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराएको थियो।

उद्धार भएर आइपुगेका नेपालीले दिएको जानकारी अनुसार दूतावासलाई बुझाइएको प्रतिबद्धता पत्रमा सरकारले तोकेको अवधिभर क्वारेन्टाइन क्षेत्रमा बिनाकुनै अटेर गरी बस्छु र सम्पूर्ण रुपमा सहयोग गर्छु नभए कानुन अनुसारको कारवाही भोग्न तयार छु भन्ने व्यहोरा लेखेर हस्ताक्ष र औंठाछाप गर्न लगाइएको थियो।

उनीहरु सबैले सरकारले खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा गरेको व्यवस्थाको पालना गर्न मन्जुर भएका छन्। फर्किएका सबै नेपालीले यस्तै व्यहोरा लेखेर दूतावासलाई बुझाएका छन्।

यस्तो प्रतिबद्धता: