वायुसेवा निगम र विद्युत प्राधिकरण ले मागे ठूलो संख्यामा कर्मचारी

नेपाल वायुसेवा निगम र नेपाल विद्युत प्राधिकरण ले ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन खुलाएका छन् ।

विद्युत प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र वायुसेवा निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्म स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशित गरेका हुन् ।

दुवै संस्थामा एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेकालाई समेत अवसर छ । प्राधिकरण र निगम दुवैमा यही २२ गतेभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ ।

Advertisement