May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत अवस्थामा फेला परेको छ ।

Advertisement

निकुञ्जको मेघौली रेञ्जपोष्ट अन्तर्गतको कोर इलाका अन्द्रौलीघाट क्षेत्रमा अन्दाजी २५-३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

गैंडाको खाग र खुर सुरक्षित छ। जसकारण सो गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जले आँकलन गरेको छ ।

नियमानुसार मृत गैंडाको पोष्टमार्टमका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी शाखा पठाइएको निकुञ्जले जनाएको छ ।

यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक कारणले पन्ध्र गरी १९ वटा गैंडाको मृत्यु भएको छ ।