पशुपतिनाथलगायतका मठमन्दिरमा आजदेखि ध्यान र प्रार्थना मात्र खुला रहने

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि बुधबारदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएको छ । काठमाडौँ उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बुधबारदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन ।

त्यसबाहेकका पूजापाठ हुने छैन । पशुपति क्षेत्र विकास कोषले पनि एक सूचना जारी गरी बुधबारबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएको छ ।

Advertisement