May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

माघ १ गतेः हेर्नुहोस आजको राशिफल

मेष : समय शुभ रहनेछ । विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ ।

Advertisement

वृष : समय अत्यन्तै खराब छ । विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला। आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहनेछ ।

मिथुन : समय राम्रो छ । समयले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछन् । टाढिएका शुभचिन्तकहरू नजिकिनाले प्रशन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ ।

कर्कट : समय खराव रहनेछ । आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । तनावमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्नेछ ।

सिंह : समय शुभ छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

कन्या : समय मध्यम खालको छ । वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ ।

तुला : स्वास्थ्य राम्रो छैन । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्।

वृश्चिक : परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा दौडधूप गर्नुपर्ला। फाइदाको पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ ।

धनु : समय राम्रै रहनेछ । नोकरीमा प्रतिष्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुनेछ । घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् ।

मकर : स्वास्थ्य राम्रो रहनेछ । न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ ।

कुम्भ : समय खराब नै रहनेछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ ।

मीन : समय खराब रहनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सहि परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुँनेछन् । मनोबल कमजोर हुनेछ ।