May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

पौष १० गते शनिबार, हेर्नुहोस् आज तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

Advertisement

घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय सामान्य गतिमा वृद्धि हुनेछ । उपाहारका रुपमा बिलाशी बस्तु हातलागि हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययन कै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाईँ आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धीमा चित्त बुझाउनु पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकी रहेको काम थाती रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमी हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बोलिको प्रभाव बढ्नुको साथै तपाईबाट महत्वपूर्ण तथा दुरगामी निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुशि हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ आयामको विकास हुनेछ । कलाकृतिसँग सम्बन्धीत क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा समय खर्चिने राजनीतिज्ञ तथा समाजसेवीहरुले मान सम्मान पाउने योग रहेकोछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धमा थप आत्मियता बढेर जानेछ । अध्ययनमा मन जाने हुनाले छात्रछात्राहरुले भनेजस्तो नतिजा हात पार्न सक्नेछन् ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

व्यावसायमा अरुकै करकापमा लगानी बढाउदा फाईदा नहुन सक्छ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ । तरपनि यात्रा गर्न चाहनेहरुका लागी समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय उत्तम रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अग्रज तथा बुवाबाट गाईड लाईन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुशि रहनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा बृद्धि गर्न सकिनेछ । बित्तिय तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय मध्ययम रहेकोले आज गरिने कामहरु ढिलामात्र सम्पादन हुनेछन् । समय र परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्रा लगानी गर्नुहोला व्यापारमा मन्दि आउने योग रहेकोछ । पढाइ लेखाइमा आशिंक सफलता हात पार्न सकिनेछ । अग्रज,आफन्त तथा बुवासँग मनमुटाब बढ्ने योग रहेकोछ । नोकरिमा दुर्गम स्थानमा स्थानान्तरण तथा केही कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

ऋण,रोग तथा संकटको सामना गर्नुपर्ने तथा तपाईँको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । तपाईँका सुचनाहरु बहिरिने हुँदा मान सम्मानमा कमिको महशुष हुनेछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नुभन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

भौतिक सम्पती तथा विलाशी वस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यावसायकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मुद्धा तथा मामिलामा सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईँको बिपक्षमा फैसला हुनेछन् । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरु हाबि हुनेछन् भने पढाइ लेखाइमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावली पक्षबाट आश्वासन मात्र पाईने हुनाले कुनै कुराको आस गर्नु गलत हुनेछ ।