May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

पौष ०३ गते शनिबार, हेर्नुहोस् आज तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

Advertisement

आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगती गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ । वन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साधन स्रोत तथा प्रविधिको प्रयोग मार्फत रचनात्मक कार्य गर्न सकिनेछ । पुराना तथा नयाँ मित्रहरुको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । राजनीतिकर्मि तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ । व्यापारमा नया प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । भौतिक बस्तु तथा उपाहार प्राप्तीको योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसायबाट धन आर्जन गर्न सकिनेछ । अध्ययन वा कामको शिलशिलामा बिदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा बृद्धि भएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउदै अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यावसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुची बढ्नेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अगाडी बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानीबाट सुरु गरिएको व्यावसाय फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले केही समय पर्खनु नै राम्रो हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मनपरेको मानिससँग रमाईलो यात्रामा निस्कन सकिनेछ । व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ भने व्यापारकै सवालमा देश विदेशका यात्राको तय गर्न सकिनेछ । अथितिको रुममा सम्मान पाईने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । स्थाई सम्पती जोडने योग रहेकोछ । साझेदारी व्यावसायबाट भनेजस्तो आम्दानी हुने योग रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाइ लेखाइमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण सकिने तथा रोगहरु बिशेक भएर जानेछ । आफन्त तथा मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । लामो समय सम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिनेछ । सत्रुमाथी विजय गर्न सकिने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । स्थाई सम्पती तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धी मुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा आफ्नो भन्नेहरुले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खरावी आउन सक्छ । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मिका लागि समय अन्यदिन भन्दा मध्ययम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयले साथ दिने हुँदा लेख तथा रचनाहरुलाई प्रकासित गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने हुँदा मन प्रशन्न हुनेछ । बिवाद तथा न्यायसम्पादन तपाईँको पक्षमा हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।