प्रभु लाइफ इन्स्योरेन्सको शेयर गोलाप्रथाबाट, ५ लाख ४२ हजारकाे हात खाली हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा बढी आवेदन परेपछि ५ लाख ४२ हजार जना आवेदकलाई गोलाप्रथाबाट १०–१० कित्ता शेयर दिने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

Advertisement

कम्पनीको बिक्रि प्रबन्धक रहेको सिद्धार्थ क्यापिटलको अन्तिम तथ्याङ्क अनुसार १० लाख ८२ हजार १ सय ४३ जना आवेदकले २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । त्यसैले, कम्पनीकोे आइपीओमा ५ लाख ४० हजार लगानीकर्ताले गोलाप्रथाबाट १०–१० कित्ता शेयर प्राप्त गर्ने क्यापिटलले जनाएको छ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । ५ लाख ४० हजार लगानीकर्तालाई गोलाप्रथाबाट शेयर दिने भएपछि ५ लाख ४२ हजार आवेदनदाता भने खाली हात रहने भएका छन् ।

कूल ६० लाख कित्तामध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।