फेरी लियो टिप्पर ले महिलाको ज्यान

गोरखा, १७ माघ ,दूध बिक्रीका लागि बजार हिँडिरहेकी ५२ वर्षीया मनमाया तामाङको टिपरले किच्दा घटनास्थलमै ज्यान गएको छ । महिलाको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन भने शुक्रबार बिहानैदेखि गोरखा अशान्त बनेको छ। ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् । टिपरको ठक्करबाट मनमायाको घटनास्थलमै मृत्यु भएको हो वा होईन अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

मनमायाको मृत्युपछि आक्रोशित स्थानीयले क्रसरमा रहेका २० भन्दा बढि टिपरहरुको सिसा फुटाइदिएका छन् भने ६ वटा एक्साभेटर समेत तोडफोड गरेका छन् ।

Advertisement