मेरो पहिलो प्रेम प्रस्ताव

प्रिय मैया,

हो म तिमीलाई मैयाँ नै भन्न रुचाउँछु, पहिलो कुरा त तिमी मेरो आकर्षण हौ । म तिमीलाई अहिले नै प्रेम भन्दैन , त्यो तिम्रो रूप अगाध लाग्थ्यो मलाई .. लाखौं का नजर मा परेकी तिमी … हजारौं का मन मा बसेकी तिमी .. सयौं का सहयात्री बनेकी तिमी.. मेरो मन मा पनि ठाउँ ओगट्न तिम्रो लागि नौलो कुरा थिएन.. देखेको पहिलो नजर मै को हो यो .. भन्ने बनाएकी तिमी .. तिमीलाई देख्दा अरु कसैप्रति आकर्षित थिए .. साँचो कुरा गर्दै छु तिमीसँग .. जब उनी पृथ्वी बाट अलप भइन् हो तब नै तिमीले मेरो मन लाई सिंहासन बनाउन सुरु गरिसकेको थियौ.. हो यही कारण भन्दैछु तिमी मेरो एक आकर्षण हौ प्रेम भन्न सक्दिन अहिल्यै.. तर त्यो आकर्षण कतिबेला प्रेम मा बदलिए छ .. पत्तै भएन .. प्रेम को उदगम स्थल आकर्षण हो , गन्तब्य भन्न सकिन्न भन्थे .. हो कि कतै .. लाग्न लाग्यो यो मन लाई .. तिमीलाई म धेरै माया गर्छु त भन्दिन तर गुलाबी गीत मा झै साँच्चै नै म नानाथरिका कुरा सोच्छु तिम्रो नजिक हुनलाई … तिम्रो बोली प्रिसियस लाग्थ्यो मलाई .. लाग्छ आज पनि .. .. प्रिय कायरा .. त्यो झगडा ले त्यो लडाइँ ले मलाई तिमी बाट कत्ति टाढा बनाएन .. बरु दूरी झन कम गर्दै गयो ..तिम्रो अर्को प्रेमी छ थाहा हुँदा हुँदै पनि यो मन मा तिम्रो लागि जुन स्थान छ यो एक रत्ती पनि कम भएन.. कोही साथि ले प्रेम को कुरा गर्दा मलाई सबैभन्दा पहिले तिम्रै याद आउने गर्छ . मेरो अगाडि सबैभन्दा बढी विज्ञापन गरिएको केही चीज हो भने त्यो हो तिम्रै कुरा .सायद यो कारण ले पनि मलाई तिम्रो याद बढी आउनु स्वाभाविक हो.. आज मलाई फिजीक्स का कुनै डेरीभेसन या केमिस्ट्री का कुनै टर्मिनाेलाेजी स्मरण छैन… स्मरण छ त केवल त्यो याद , केवल त्यो मुस्कान ,जम्मै त्यो झगडा।। तिम्रो खुशी मा सधैं भरी खुसी हुन मन लागिरह्यो मलाई .. तिम्रो एक मुस्कान भुतुक्कै पार्छ मलाई . तिम्रो एक बोली निर्थुक्कै पार्छ मलाई ..
प्रिय कायरा.. यो आँखा को हेराइ सबैले पढे .. सबले बुझे.. तर तिमीले कहिल्यै बुझिनौ.. या त मैले जस्तै लुकाउने प्रयत्न गर्यौ.. तिमी त प्रेम मा अनुभवी मान्छे हौ क्यारे (..भन्दै गर्दा दोष लाउन खोज्या चाहिँ होइन) .. मेरो आँखा को प्रेम पढ्न सकिनौ.. हुन त कति का आँखा का प्रेम पढेर सकौली यस्ता प्रेम कतिका पो आँखामा पायौं होली..
प्रिय मान्छे यो मन को अनुमान कहिल्यै गलत निस्केन .. हो यही मन को आभास ले भन्दैछु .. यही मन को प्रवास ले भन्दैछु .. यो मन ले बारम्बार भनिरह्यो.. यही की तिमी पनि मलाई प्रेम गर्छौ ..
एकदिन कुरै कुरा मा सोधेकी थियौ क्यारे तिमीले मलाई …तिमी किन बोल्दैनौ भेट हुँदा … म निःशब्द भए त्यो दिन… सायद तिमी भेट हुँदा बोलिदियोस् भन्ने चाहन्थ्यौं क्यारे .. म पनि बोल्न चाहन्थे.. तर खास कुरो पोस्ट गरे यसरी
भेट हुँदा बोल्दैन भनेर नरिसाउ है ….तिम्लाई देख्यो भने बस हेरिरहन मन लाग्छ एकटक ले .. बोल्नै भुल्छु क्यारे ..
हेर प्रिय मन .. तिमी मेरो जिन्दगी को राधा हौ .. रुक्मिणी नहुन पनि सक्छयौ.. तर तिमी कृष्ण को राधा पनि उही रुक्मिणी पनि उही चाहन्छौं.. यो म बाट नहुन पनि सक्छ प्रिय.. म तिमीलाई अगाध माया गर्छु .. द्वापर युगको कृष्ण ले राधा लाई गरेझै ., भगवान शिव ले सती लाई गरेझै.. . हो यो जिन्दगी को राधा तिमी नै हौ.. यसमा कुनै दुई मत छैन . तर यो जिन्दगी को रुक्मिणी को हो म तय गर्न सक्दिन .. मेरो जिन्दगी मा सोह्र हजार गोपिनी नहोलान् .. म सोह्र हजार गोपिनी को गोपी नहुला .. फरक कुरा हो .. तर मेरो जिन्दगी मा राधा र रुक्मिणी फरक नहोलान् भन्न सक्दिन प्रिय मन … यसो भन्दै गर्दा तिमी मलाई दोष लाउली .. तिमी पनि पहिला कै जस्तै रैछौ भनेर .. म तिमी लाई साँच्चै एक सच्चा प्रेमी ले गर्ने माया जत्ति नै माया गर्छु .. तर मेरो मायाको पूर्णविराम कहा हो .. अल्पविराम पछि विवाह आउँछ कि आउँदैन . यो कुरा को अन्तर्यामी म हुन सक्दिन प्रिय ..
तिमीलाई कैयौ ले माया गर्छु भनेहोलान.. तिमीले जे भने पनि म खुसी नै छु .. तर भोलि का दिन मा कसैले तिमीलाई प्रेम गर्छु भन्दा . तिमीले निर्धक्क का साथ मेरो नाम भन्न सकौ .. बस यही बन्न चाहन्छु तिम्रो जीवन मा ..
अन्तमा .. .. म तिम्रो जिन्दगी को डियर कामरेड होइन .. हिरो कामरेड बन्न चाहन्छु अझ भनौं क्लियर कामरेड बन्न चाहन्छु .. के अनुमति दिन्छौं मैयाँ ..
म जवाफ को प्रतीक्षा मा बस्नेछु .. कायरा

कैलाश सुबेदी (अभिमन्यु)

Advertisement