May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

भक्तपुरमा राजमार्ग सुरक्षित राख्न ७६ स्थानमा सीसी क्यामेरा जडान

काठमाडौं । भक्तपुर क्षेत्रलाई सुरक्षित राख्ने उद्देश्यका साथ विभिन्न ७६ स्थानमा सीसीटीभी जडान गरिएको छ ।

कोटेश्वर जडीबुटीदेखि पलाँसेसम्मको राजमार्गमा ६४ र भक्तपुर महानगरीय परिसर आसपास भक्तपुरको भित्री सहरको आवागमनसमेत अनुगमन हुने गरी १२ स्थानमा सीसीटीभी जडान गरिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले शुक्रबार एक समारोहबीच ‘सीसीटीभी मनिटरिङ’ सेवाको शुभारम्भ गरे ।

भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार राजमार्ग क्षेत्रमा हुने गरेको आपराधिक क्रियाकलाप, सवारी आवागमनको अनुगमनलगायत राजमार्गमा हुने अवैध क्रियाकलापमाथि परिसरको अनुगमन कक्षबाट गहन रूपमा अवलोकन गरिनेछ । यो खबर गोरखापत्र दैनिकमा रहेको छ ।

Advertisement