May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

दिल्ली लैजादै गरेका ४ महिला सिमाबाट उद्धार

कञ्चनपुर, २० पुस । भारतको दिल्ल लैजादै गरेकी ४ महिलाको कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीको समूहले ४ महिलाको उद्धार गरेको हो। उद्धार गरिएकी महिलाहरुमा सोहि वडाकी १८ वर्षीया मातृका घिमिरे, २३ वर्षीया रोजिना घिमिरे, २७ वर्षीया सुदिपा मिश्र र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ की २१ वर्षीया सुमिता स्याङताङ रहेका छन्।

झापाको दमक नगरपालिका वडा नम्बर ७ की २८ वर्षीया रोशनी घिमिरेले उनीहरुलाइ भारतको दिल्ली लैजादै गरेकी सशस्त्र प्रहरीले बताएको छ। उनीहरुलाई शान्ती पुनस्थापना केन्द्रलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिए।

Advertisement