May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ

काठमाडौं। काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका उनीहरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन।

पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो ।

त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।